सिरहामा करेन्ट लागेर दुईको मृत्यु

समाचार

सिरहा । सिरहा जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका–५ निपाने टोल बस्ने ७२ वर्षीय कपिलदेव साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घर नजिक रहेको चापा कलमा जडान गरिएको ईलेक्ट्रिक मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वर्धमान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी बस्ने ४० वर्षीय श्यामसुन्दर यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

खेतमा जडान गरेको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ