‘एक युवा पाँच बिरुवा’ नारासहित बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न

समाचार

इमरान खान, कपिलवस्तु । प्राचिन बुद्धनगरी कपिलवस्तु नगरपालिकामा ‘एक युवा पाँच बिरुवा’ नारासहित अभियान संचालन गरिएको छ ।

नगरलाई स्वच्छ र हराभरा बनाउन शनिबार बिहानदेखि बृहत वृक्षरोपण अभियानको थालनी गरिएको हो ।

शनिबार अबिरल वर्षा र झरीको बावजुत सुरक्षाकर्मी, सन्चारकर्मी, समाजसेवी, कर्मचारी, जेष्ठ नागरिक, शिक्षक, संघ संस्था तथा कपिलवस्तु नगरबासीहरुको उत्साहजनक सहभागिताका बिच लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयद्वारा बेगमबेलिया प्राजातिको फुलको बिरुवा रोपेर अभियानका शुभारम्भ गरेका हुन् ।

कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जाहिद खान, सुरक्षा निकायका प्रमुख, बिभिन्न गैर सरकारी संस्था तथा सम्पूर्ण नगरबासीहरुको सहभागितामा जमुहरा चोकदेखि प्रशासन चोकसम्म साढे ७ सय बढी बेगम बेलिया जातको फुलको बिरुवाहरू रोपिएका छन् ।

यस वर्ष जमुहरादेखि प्रशासन चोक नयाँ टोल हुँदै छोटकी तौलिहवासम्म साढे २२ सय बिरुवा रोपिने कपिलवस्तु नगरपालिका मेयर सुदिप पौडेलले बताए । यो अभियानमा यस बर्ष १५ लाख रुपैया खर्च भएको ईन्जिनियर राजेश सैनीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ