काठमाडौं । संघीय संसदका सदस्यहरुका लागि बुधबार बैंकिङ्ग साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
संघीय संसदको आयोजना र राष्ट्रिय बाणिज्य बैंक लगायतको सहकार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरुका वित्तीय साक्षरता सञ्चालन गरिएको छ ।
उक्त अवसरमा बैकिङ्गलाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा मात्र नबुझि सबैका लागि वित्तीय साक्षरता बढाउनुपर्ने कुरामा जोड दिइएको थियो ।
सानो उमेरदेखि नै वचत गराउने, भएको पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानीकम गर्ने, कर्जा लिंदा कर्जाको उपयोगिताको बारेमा सिकाउने, ऋण नतिर्दाको असर, त्यसको बारेमा ज्ञान दिने, रेमिट्यान्स सही तवरले भित्र्याउने , हुन्डी भनेको गलत हो भनेर सिकाउने लगायत कुराहरु सवैलाई जानकारी गराउन आवश्यक भएको कुरा उठाइएको थियो ।
उक्त अवसरमा बोल्दै उपसभामुख इन्दिरा रानाले वित्तिय साक्षरतालाई अब उच्च माध्यामिक तहको शिक्षामा जोडेर लैजान आवश्यक बताएकी थिइन् ।
उनले वित्तिय साक्षरताको कमिले भ्रष्टाचार नियन्त्रणको काम पनि कठिन भैरहेको बताउँदै वित्तिय कारोवार अनुशासित बनाउँदा त्यसले भ्रष्टचार र अनियमिततालाई बढवा दिनबाट रोक्ने धारणा राखिन् । उनले आर्थिक अनुशासन कायम गर्न कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता पनि औल्याइन् ।
प्रतिनिधिसभा सदस्य इश्वरबहादुर रिजालले बैंकहरुले नाफा मात्रै कमाउने नभइृ वित्तिय साक्षरता बढाउने दायित्व पनि बहन गर्नुपर्ने धारणा राखेका थिए ।
प्रतिनिधीसभा सदस्य रोशनी कार्कीले आन्तरिक ऋण बढी उठाउँदा ब्याजदर बढ्ने र त्यसले मुल्यबृद्धि बढाउने भन्दै चिन्ता ब्यक्त गरिन् । उनले शेयरबजारलाई नेपाल राष्ट्र बैकले दुश्मनको ब्यबहार नगरि मौद्रिक निति खोकुलो बनाउन सुझाब पनि दिइन् ।
साँसद प्रेम सुवालले बसाँइसराईलाई व्यवस्थित बनाउन नसक्दा विकराल रुप आउन थालेको भन्दै जिल्ला भित्र मात्रै बसाँई सराई गर्न पाउने व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले बैंकहरुलाई जग्गा र सुनमा भन्दा उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह र्पनि गरे ।
सो अवसरमा वित्तिय निति, मौद्रिक निति तथा अन्य आर्थिक मुद्दाहरुका बिषयमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल, व्यक्तिगत वित्तपोषण र बजेटिङका बिषयमा नेपाल बैकर्स संघका पूर्व अध्यक्ष भूवनकुमार दाहाल र बैकिङ र वित्तका बारेमा राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले प्रकाश पर्नुभएको थियो भने संघीय संसदका सचिवालय सचिव सुर्दशन खड्काले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।
तपाईको प्रतिक्रिया