मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

समाचार

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–४ पिपरी चौराहा स्थित सडकमा कोदहवाचोकबाट पिपरीचौराहातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

लु.६७ प ७९६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार बुद्धभूमि नगरपालिका–८ हरिहरपुर बस्ने १९ वर्षीय सुवास पासवानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवा हुँदै मेडिकल कलेज भैरहवामाथप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ