रौतहट । जिल्लाको गढिमाई नगरपालिका–६ सिङगारमनस्थित सडकमा धनहरीबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
एचआर ७० डि ८३८२ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा गाडीमा सवार काठमाडौं घर भएका ५५ वर्षीय कुल बहादुर श्रेष्ठ र ७ वर्षीया स्वेता पंडितको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया