डिएसपी हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ

समाचार

बाँके । डिएसपी हुँ भनी ठगी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका–५ बस्ने ३० वर्षीय नैन सिंह विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

विकले विभिन्न सरकारी कार्यालयहरूमा गई आफु सिआइबी प्रहरी र राष्ट्रिय अनुसन्धानको डिएसपी हुँ भनी अनुगमनको शिलसिलामा आएको भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूसँग भेटी कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका–११ एनटिभी रोडबाट पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ