नेपाल जनता पार्टीको अगुवा कार्यकर्ता भेला वीरगंजमा सम्प्रन्न

समाचार

वीरगंज । नेपाल जनता पार्टी पर्सा जिल्ला समितिको आयोजनामा रानीसती मन्दिर वीरगंजमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।

पर्सा जिल्लामा संगठन विस्तार एवम स्थानीय तहमा हिन्दू राष्ट्रको लागि जनजागरण एवम संकल्प सभा नेजपाले गर्ने भएको छ।

धर्म निरपेकक्षताको आडमा तीन तहको सरकारले हिन्दू समाजसँग गुंडागर्दी गर्दै आएकोले धर्म निरपेक्ष खारिजÞ गरी हिन्दू राष्ट्र स्थापनाको निर्णायक आन्दोलनको लागि तयार रहन नेताहरुले कार्यकर्तालाई निर्देशन दिएका थिए ।

पर्वको नाममा अराजक शैली, धर्म परिवर्तन, गौ हत्या, लबजिहाद, सनातन धर्म कमजोर गर्न विभिन्न जालझेल, मठ मन्दिरको जग्गा कब्जा, धार्मिक अभियन्ता माथी आक्रमण, हिन्दू आस्थासँग खेलवाड, हिन्दू माथी राज्य आक्रमक र अन्य प्रति उदासीन लगायत अनेकौ उदाहरण रहेका छन् ।

ठूला राजनीतिक दलहरुले केवल नेपाली जनतालाई लडाउने र आपसी एकता विभाजन गराउने फोहरी खेल खेलदै आएका छन् । पैसाको लागि नेपाल र नेपालीहरुको पहिचान हिन्दू राष्ट्र नेपाल मिटाउने कार्य गरेको र विश्व सामू भएको पहिचान खोसिएको गुनासो गरेका छन् ।

‘हिमाल, पहाड र तराई–मधेशलाई एक सुत्रमा बाँध्ने सेतु हो हिन्दू राष्ट्र । अब जात, भूगोल, पहिरण, भाषा, संस्कृतिको नाममा नेपाली जनतालाई लडाउने र मूर्ख बनाउने कार्य बन्द गर्न ठुला राजनीतिक दललाई अनुरोध गर्दै हिन्दू धर्मकों विरोध गर्नेलाई अब तह लगाउने बेला आएको’ नेजपा नेताहरुले बताए ।

हिन्दू राष्ट्र नेपाल स्थापना हेतु नेजपाको संघर्ष जारी रहेको छ । धार्मिक र सामाजिक कार्य गरी नेपाली समाज लाई जोड़ने कार्य भइरहेको छ।

नेजपा पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलामा केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय उपाध्यक्ष ओमप्रकाश जैसवाल, केन्द्रीय महामंत्री राजनन्दन चौधरी, केन्द्रीय सदस्यहरु सुरेश साह कानू, बिनोद कुर्मी, प्रहलाद कलवार, मधेस प्रदेश समिति सदस्यहरु पारस दुबेदी,रामप्रसाद कुर्मी,हजारी काफलको संरक्षक बैजनाथ चौधरी,हनुमान मन्दिर महंथन हनुमान दास,श्रीराम जानकी मन्दिर महंथन् प्रमानंद दास, शिक्षा प्रेमी नागेन्द्र सिंह, नेजपा पर्सा जिल्ला उपाध्यक्ष धीरज साह,महामंत्री नवीन मिश्रा, मंत्री आनन्द सिंह, कार्य समिति सदस्यहरु संतोष कुशवाहा,प्रमोद शर्मा, सुमन्त कुमार दीप,राजेश साह,श्रीदेवी साह, उर्मिला गिरी,रामायण यादव,जयलाल कुर्मी सहितकाले आ–आफÞनो विचार व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ