काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा आइतबार भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा १८८ मत, विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा एक परेको छ । बैठकमा कूल २६३ सांसद उपस्थित थिए ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई यही असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र दुई स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।
त्यस्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले विपक्षमा मतदान गरेका छन् ।
तपाईको प्रतिक्रिया