लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

समाचार

रुपन्देही । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

नयाँ सरकार गठनका लागि एमाले–कांग्रेस गठबन्धनले दाबी गर्ने सबै तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ