स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

समाचार

बारा । विश्रामपुर गाउँपालिका–१ घोडासाहन नाकाबाट स्रोत नखुलेको नगद १० लाख २० हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा फेटा गाउँपालिका–६ पुरैनिया बस्ने ४१ वर्षीय सैदुल्ला मिया ठकुराई र २२ वर्षीय बागर अन्सारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३६ प ४५६३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ