सर्लाही । सर्लाहीमा धारिलो हतियार प्रयोग गरि पूर्व राज्यमन्त्री रामचन्द्र रायको विभत्स हत्या भएको छ ।
आइतबार राति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्रोतका अनुसार उनको राति ११ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको थियो। प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ भने थप अनुसन्धान जारी छ ।
तपाईको प्रतिक्रिया