मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

समाचार

बाँके । बैजानाथ गाउँपालिका–६ सम्झना चोकस्थित सडकमा बर्दियाबाट कोहलपुरतर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

भे.५ प ७२१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री बैजानाथ गाउँपालिका–६ बस्ने ७० वर्षीय तिल बहादुर पुनको सोमबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ