सौर्य एयरलाइन्स दुर्घटनाका मृतकहरुको नामावली

समाचार

काठमाडौं । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको छ ।

उड्ने बित्तिकै दुर्घटना हुँदा सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको मृत्यु भएको छ । मृतक सबै जना सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।

पाइलट मनीष शाक्यको भने केएमसी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पतालका चिकित्सक डा. विशद दाहालले उहाँको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उनको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जानकारी दिए ।

चिकित्सकका अनुसार उनको शरीरमा जलन छैन तर शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै मुखबाट पनि रगत बगिरहेकोले हाल अस्पतालको आकस्मिक उपचार उपचार कक्षमा उपचार भइरहेको छ ।

यस्तै, जहाजमा सवार अन्य १८ यात्रुहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बुधबार करिब ११ः११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

त्यसैगरि, जहाजमा एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज श्रेष्ठ, आश्विन निरौला, सुदिपलाल जोशी, सर्भेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महत्त्व, पुण्य रत्न शाही, अरेफ रेडा सवार थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ