लुम्बिनीका मुख्यमन्त्रीद्वारा शपथ ग्रहण

समाचार

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेका छन् ।

सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएका हुन् । आचार्य एमाले संसदीय दलको उपनेता हुन् ।

एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ