संसदीय समितिद्वारा शोक प्रस्ताव पारित

समाचार

काठमाडौं । संसदीय समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुको निधन भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेको छ । त्यस्तै उद्धार गरिएको जहाजका पाइलट लगायतका घाइतेको शीघ्र उपचार गर्न पनि ध्यानाकर्षण गराइएको छ ।

बैठकले घाइतेको सु–स्वास्थ्यको कामना समेत गरेको छ । बैठकमा बोल्दै सांसदले जहाज दुर्घटनामा जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका थिए । उद्धार र घाइतेहरूको उपचारको व्यक्त शीघ्र गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ