मुख्यसचिवमा गड्तौला नियुक्त

समाचार

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको मनोनयन गरेको जानकारी दिए ।

यसैगरी, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा.शिवराज अधिकारी नियुक्त भएका छन् भने सदस्यहरूमा महोत्तरीका डा.आरती विसार, धनुषाका डा.रमेश प्रसाद सिंह, अर्घाखाँचीका डा. प्रकाशकुमार श्रेष्ठ मनोनयन भएका छन् ।

यस्तै, झापाका डा.गीताकुमारी पौडेल अधिकारी, अर्घाखाँचीका डा.जयबहादुर टण्डन र दार्चुलाका गङ्गादत्त अवस्थी आयोगको सदस्यमा नियुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ