जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त भएका छन् ।
मधेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मधेश लोकसेवा आयोगको अध्यक्षमा शुक्रबार नियुक्त गरेकी हुन् ।
५७ वर्षीय यादव सिरहा जिल्लको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । उन मेकानिकल इन्जिनियर रहनुका साथै यान्त्रिक कार्यालय जनकपुरधाममा सिनियर डिभिजनल इन्जिनियर पदमा कार्यरत थिए ।
गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त भएको थियो ।
लामो समयसम्म प्रदेश लोकसेवा आयोगको अध्यक्ष पद रिक्त भएका कारणले प्रदेशमा समायोजन भएका कर्मचारीहरूको बढुवा, पदस्थापना तथा रिक्त दरबन्दीमा नयाँ नियुक्तिका लागि विज्ञापन सहितका अन्य कामहरू प्रभावित भएका थिए ।
तपाईको प्रतिक्रिया