उपराष्ट्रपति यादवसँग अस्ट्रेलियाली राजदूतको बिदाई भेट

समाचार

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार बिदाई भेट गरेकी छन् ।

उक्त अवसरमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको थियो ।

उपराष्ट्रपति यादवले नेपालका लागि अष्ट्रेलियाली राजदूतको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत भोल्कलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ