काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको नवगठित केन्द्रीय समितिको बैठक साउन २७, २८, २९ र ३० गते बस्ने भएको छ ।
उक्त बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नु पर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध लगायतका विषयहरूमा अभिमुखीकरणका साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रम लगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ ।
ललितपुरको महालक्ष्मी– सानोगाउँस्थित थसी बैंक्वेटमा दिउँसो १२ बजेदेखि बैठक बस्ने जसपा नेपालले जनाएको छ ।
तपाईको प्रतिक्रिया