सर्लाही । पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रति दुख व्यक्त गरेका छन् ।
स्व.रायको मलंगवास्थित घरमा पुगी महतोले शनिबार श्रद्धाञ्जली अर्पण गर्नुका साथै रायको परिवारजनप्रति महतोले गहिरो समवेदना व्यक्त गरेका हुन् ।
महतोले राज्यमन्त्री रायको हत्याको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग समेत गरेका छन् ।
पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको गत सोमबार मध्यराति चन्द्रनगर गाउँपालिका–१ स्थित निवासमा धारिलो हतियार प्रहार गरि हत्या भएको थियो ।
तपाईको प्रतिक्रिया