वीरगंज । वीरगंजमा रगतको अभाव भएको कारण रक्तदान जीवन दान भन्ने मूल नाराको साथ नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।
वीरगंजको घन्टाघरमा शनिबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेहरुमा संतोषानन्द महाराज, अनिल कुर्मी, नबीन मिश्रा, आनन्द सिंह कुर्मी, संतोष कुशवाहा, प्रमोद शर्मा, अनिल मेहता, हरेन्द्र चौधरी, पुरषोत्तम गिरी, अलोक साह, रिमी कर्ण, सुदामा देवी, ममता चौरसिया, रेणुका यादव, पुजा यादव, श्रीकांती गिरी सहित ५५ जनाले रक्तदान गरेका थिए ।
पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि सहभागी रहेका थिए ।
तपाईको प्रतिक्रिया