मधेश प्रदेशमा सुशासन कायम गर्न जनमतको निर्देशन

समाचार

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको दुईदिने सचिवालय बैठकले विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

शुक्रबार र शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा बसेको दुई दिवसीय सचिवालय बैठकले प्रदेश सरकारको ४५ दिनको कामकाजको समिक्षा गरेको जनमतका प्रवक्ता डा.शरदसिंह यादवले जनाएका छन् ।

प्रवक्ता डा.यादवका अनुसार सो बैठकमा प्रदेश सरकारको आगामी दिनमा हुने कार्य योजनाहरुको बारेमा छ्लफल भएको छ ।

मधेश प्रदेशमा विगतका बेथितिहरुलाई सुधार गर्दै सुशासन कायम गर्न प्रदेश सरकारलाई जनमत पार्टीले निर्देशन दिएको हो ।

यसैगरी, मधेश प्रदेशमा व्यापक रुपमा रोजगारी सृजना गर्न कार्यक्रमहरु संचालनमा ल्याउन सो बैठकले निर्देशन दिएको प्रवक्ता डा.यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ