सुतिरहेकै अवस्थामा युवकको घाँटी रेटी हत्या

समाचार

नवलपरासी । पश्चिम् नवलपरासीमा धारिलो हतियार प्रयोग गरी २० वर्षीय युवकको हत्या भएको छ ।

पाल्हिनन्दन गाउँपालिका ५ हर्दी बस्ने रोशन भनिने सुर्य कुमार बढई घरमै सुतिरहेको अवस्थामा आईतवार राती घाँटि काटी हत्या भएको प्रहरीले जनाएको छ ।

घाँटी काटिएको मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो। घटनाका बारेमा प्रारम्भिक अनुसन्धान पछि शवलाई पृथ्वीचन्द्र अस्पतालमा राखिएको र यस बिषयमा थप अनुसन्धान भैरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ