बारा–पर्सा औद्योगिक करिडोरमा स्थानीयलाई रोजगारी दिनुपर्छ : मुख्यमन्त्री सिंह

समाचार

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बारा पर्सा औद्योगिक कोरिडोरमा स्थानीय नागरिकलाई रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर ३१ म स्थापना गरिएको गोल्छा अर्गनाईजेसनको हुलास स्टिलको ग्याल्भनाईजिङ इकाईको उद्घाटन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सो कुरा बताएका हुन ।

उनले औद्योगिक कोरिडोरमा अधिकांश भारतीय मूलका नागरिक कार्यरत रहेको बताउँदै विस्तारै स्थानीय नागरिकलाई दक्ष बनाएर रोजगारी दिलाउनुपर्ने आवश्यकता रहेको बताए ।

मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रलाई आवश्यक जनशक्ति तयार पार्न प्रदेश सरकारको लगानी र सहयोगमा कुनै कमी नहुने बताउँदै स्थानीय नागरिकले रोजगारी पाउँदा वैदेशिक रोजगारीमा जाने र बेरोजगारीको सङ्ख्या कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गोल्छा अर्गनाईजेसनका हितेश गोल्छाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, बाराका सांसद किसान श्रेष्ठ, बारा पर्साका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखहरू, राजनीतिक दलका नेताहरू, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ