जनकपुरधाम । नेपाल सरकारले विभिन्न १८ देशमा गरेको राजदूत सिफारिसप्रति तराई–मधेश लोकतान्त्रिक पार्टीले विरोध जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट भएको भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलिया लगायत १८ देशमा नयाँ राजदूत नियुक्तिमा समावेशिताको संवैधानिक प्रावधानको पालना नगरिएकोमा तमलोपाले विरोध जनाएको हो ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले नेपाल सरकारबाट यस्ता कुराहरुमा संवैधानिक व्यवस्थाको उल्लंघन भइरहेको र संघीय संसदमा प्रतिनिधित्व गरिरहेका संघीयतावादी भनिने राजनीतिक दलहरु सत्ता र कुर्सीको निमित्त यस्ता उल्लंघनकै समर्थन गर्दै तैंचुप मैंचुप गरिरहेकोमा क्षोभ प्रकट गरेका छन् ।
तमलोपाको नेता उमेश मण्डलले नेपालमा बनिरहेका गठबन्धनीय सरकारहरु समावेशिताका संवैधानिक प्रावधानहरुको उल्लंघन गरेर सिमान्तिकरणलाई अझै बढाइरहेको आरोप समेत लगाएका छन् ।
तपाईको प्रतिक्रिया