मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

समाचार

मोरङ । सुन्दरहरैचा नगरपालिका–१० बाघझोडास्थित सडकमा केराबारीबाट खोर्सानेतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

को.३२ प ९३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–१० बस्ने ६४ वर्षीय प्रेम बहादुर खत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ