बंगलादेशको अन्तरिम सरकारका प्रधानमन्त्रीलाई राजेन्द्र महतोको बधाई

समाचार

काठमाडौं । बंगलादेशमा सडक संघर्षबाट नव नियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री मो. युनुसलाई राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले बधाई सहित सुखद कार्यकालको कामना गरेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका महतोले विज्ञप्ति जारी गरी सर्वपक्षीय छलफल गरि छिटोभन्दा छिटो संक्रमनकाल अन्त्य गरि निर्वाचनको मिति घोषणा गरि लोकतन्त्रको बहाल गर्न बंगलादेशका प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

‘साथै आन्दोलन र संघर्षको नाममा अल्पसंख्यक हिन्दु र बौद्धहरु माथि भैरहेको ज्यादति र बर्बर दमनको भर्त्सना गर्दछौं। मानवतालाई नै लज्जित गर्ने यस खालको दुर्व्यवहारले पुरै विश्वका मानव समाजलाई प्रभावित गरिरहेको र त्यस्को विरुद्धमा विश्वभरी नै प्रतिकार हुन सक्ने संभावना रहेकोले तत्काल यस्ता घटनाहरु नियन्त्रण गर्न समेत बंगलादेशी सरकारलाई आग्रह गर्दछौं,’ महतोले विज्ञप्तिमा भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ