भारतको अनुदान सहयोगमा निर्मित नेपाल भाषा परिषद्को भवन उद्घाटन

समाचार

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको नेपाल भाषा परिषद्को नयाँ भवन उद्घाटन भएको छ ।

आइतबार नेपाल सरकारका सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र भारत सरकारका विदेश सचिव विक्रम मिश्रीले संयुक्त रुपमा सो भवन उद्घाटन गरेका छन् ।

भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत भारत सरकारद्वारा निर्मित काठमाडौंस्थित नेपाल भाषा परिषद्को भवन उद्घाटन गरिएको हो ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव आइतबार काठमाडौं आएका हुन् ।

भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ