काठमाडौं । जनता समाजवादी पार्टी नेपालको एकताको प्रथम ऐतिहासिक जनकपुर महाधिवेशन पश्चातको चारदिने बैठक आजदेखि सुरु भएको छ ।
आजदेखि सुरु भएको प्रथम महत्त्वपूर्ण बैठक नवनिर्वाचित केन्द्रीय समिति सदस्यहरुलाई शपथ गराई प्रारम्भ भएको छ ।
बैठकले निकै महत्त्वपूर्ण एजेन्डाहरु राजनीतिक, साङ्गठनिक एवं समसामयिक बिषयहरु प्रस्तुत गरेको छ । बैठक ललितपुरस्थित थशी ब्याङ्केटमा आगामी चार दिनसम्म चल्ने छ ।
जसमा दुईदिन ख्यातिप्राप्त प्रशिक्षकहरुबाट प्रशिक्षण दिनेसमेत कार्यसूची रहेको छ।
तपाईको प्रतिक्रिया