काठमाडौं । सहकारी पीडितको उपचार अभावमा मृत्यू भएका प्रति राष्ट्रिय मुक्ति क्रान्तिले सरकारको ध्यानाकर्षण गराएको छ ।
क्रान्तिका संयोजक राजेन्द्र महतोले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सहकारी पीडित काठमाडौँ शंखमुल बस्ने राजेन्द्र स्थापितको मृत्यूप्रति दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
रकम अभावले गर्दा उपचारको क्रममा स्थापितको साउन २६ गते शनिबार वीर अस्पतालमा निधन भएको थियो । स्थापित काठमाडौँको न्युरोडस्थित युवा बचत तथा ऋण बहुउदेश्यीय सहकारीमा करिब १ करोड ३६ लाख रुपैँया बचत गरेर राखेका छन् । तर उक्त सहकारीले स्थापितको रकम ठगी गरि समयमा पैसा नदिदाँ स्थापितले अस्पताललाई ५ लाख रुपैँया तिर्न नसक्दा उनको निधन भएको थियो ।
महतोले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‐‘करोडौं रुपैयाँ बचत जम्मा गरेर राखेको भएपनि समयमै सहकारीबाट पैसा नपाउँदा रकम अभवकै कारणले स्थापितले मृत्युवरण गर्नुपरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नै बचतको पैसा फिर्ता नदिदा पैसाकै अभावमा देशको एकजना सचेत नागरिकले मृत्युवरण गर्नु परेको छटना अत्यन्त दुर्भाग्यपूर्ण रहेको र छटनामा निज मृतकले रकम बचत राखेको सहकारी र अस्पतालको समेत त्रुटी देखिन्छ । तसर्थ यसको सुक्ष्म अनुसन्धान गरि दोषीमाथि अविलम्ब कडा भन्दा कडा कारवाहीको लागि सरकार सँग माग गर्दछौं । साथै देशैभरीका बचतकर्ताहरुको पैसा असुरक्षित हुँदै गएको परिस्थिति निर्माण हुँदै गइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसरी ठगी गर्ने सहकारी संचालकहरुलाइ अविलम्ब कारवाहीको दायरामा ल्याउन तथा सहकारीमा बचत गरेका जनताको पैसा पुर्ण सुरक्षाको प्रत्याभूत गर्न सरकार संग माग गर्दछौं ।’
तपाईको प्रतिक्रिया