पोखरीमा डुबेर किशोरको मृत्यु

समाचार

सप्तरी । राजबिराज नगरपालिका–६ स्थित पुर्णी पोखरीमा डुबेर सोही ठाउँ बस्ने निरज मण्डलको छोरा १३ वर्षीय नविन मण्डलको आइतबार दिउँसो मृत्यु भएको छ ।

पोखरीमा डुबेको भन्ने खबर प्राप्त हुनासाथ नेपाली सेना, वडा प्रहरी कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल राजबिराजबाट खटिएको संयुक्त टोलीले उद्दार गरी उपचारको लागि छिन्नमस्ता अस्पताल राजबिराज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ