शहरी विकासमन्त्री र भारतका विदेशसचिवबीच भेटवार्ता

समाचार

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

शहरी विकास मन्त्रालयमा सोमबार भएको भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई बधाइ र कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

भेटमा शहरी विकास, फोहोरमैला व्यवस्थापन, बागमती, विष्णुमती लगायतका नदीको स्वच्छताका विषयमा नेपाल–भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

उपप्रधानमन्त्री सिंहले स्वच्छ भारत अभियान र गंगा नदी सफाइको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सहकार्यका लागि आग्रह गरे ।

विदेश सचिव मिश्रीले नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि भारतको सधैँ साथ सहयोग रहने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ