परराष्ट्रमन्त्री र भारतका विदेशसचिवबीच शिष्टाचार भेट

समाचार

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरू लगायतका विविध विषयमा छलफल भएको थियो ।

वार्ताका क्रममा मन्त्री डा राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिश्रीमार्फत् भारतसँग कुरा उठाएकी थिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ