जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारमा रहेका ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । उनले सबै राज्यमन्त्रीलाई हटाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हुन् ।
मधेश प्रदेश सरकारले ठूलो आकारको मन्त्री मण्डल बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिस गरे ।
गत साउन २२ गते प्रदेश सरकारमा थप पाँच जना राज्यमन्त्री थप गरेर मुख्यमन्त्री सहित ११ मन्त्री र ८ राज्यमन्त्री गरेर २० सदस्यीय मन्त्री मण्डल बनेपछि यसको सबैतिरबाट आलोचना भएका थिए ।
तपाईको प्रतिक्रिया