६२ किलोग्राम अवैध लागूऔषध गाँजा बरामद

समाचार

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा ६२ किलोग्राम प्रहरीले बरामद गरेको छ ।

मंगलबार दिउँसो प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना १ ज ८४५८ नम्बरको हाइसलाई जाँच गर्न खोज्दा हाइसबाट ४ वटा पोका फाली हाइस फरार भएपश्चात पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद भएको हो ।

साथै हाइसको पिछा गर्ने क्रममा घटनास्थलबाट केही पर चालक विहीन अवस्थामा प्रहरीले उक्त हाइस समेत नियन्त्रणमा लिएको छ ।

प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथ यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ