काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका हुन् ।
शुभकामना सन्देशमा एमाले अध्यक्षसमेत रहेका ओलीले भनेका छन्, ‘स्वतन्त्रता दिवसका दिनले हाम्रा राष्ट्रहरू बीचको मित्रता र सहयोगको बन्धनलाई बलियो बनाओस्। नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने कामना छ ।’
आज अगस्ट १५ मा भातमा ७८औँ स्वतन्त्रता दिवस मनाइँदै छ ।
७८औँ स्वतन्त्रता दिवसको नारा विकसित भारत हो। यसअन्तर्गत स्वतन्त्रताको सय वर्षमा भारतलाई सन् २०४७ सम्ममा विकसित राष्ट्र बनाउने लक्ष्य राखिएको छ।
तपाईको प्रतिक्रिया