पूर्वप्रदेश प्रमुखद्वारा भारतको ७८औं स्वतन्त्रता दिवसको शुभकामना

समाचार

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले मित्रराष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

पूर्वप्रदेश प्रमुख डा.अहिराजले सामाजिक सञ्जाल एक्समार्फत् मित्रराष्ट्र भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका हुन् ।

अगस्त १५ अर्थात् स्वतन्त्रता दिवसलाई भारतले एउटा ठूलो उत्सवको रुपमा मनाउँदै आएको छ ।

७८औँ स्वतन्त्रता दिवसको नारा विकसित भारत हो । यसअन्तर्गत स्वतन्त्रताको सय वर्षमा भारतलाई सन् २०४७ सम्ममा विकसित राष्ट्र बनाउने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ