काठमाडौं । आफ्ना आमाहरुको सम्मानमा मानिसहरुलाई वृक्षारोपण गर्न आग्रह गर्दै विश्व वातावरण दिवस २०२४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक पेड माँ के नाम’ अभियानको उद्घाटन गरेका थिए । यस पहलले व्यापक समर्थन एवम् सहभागीता पाएको छ ।
नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर वातावरण संरक्षणको यस कार्यलाई दोहो¥याएका हुन् । भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि श्रावण २७ गते दूतावास परिसरमै अर्को नीलो गुलमोहरको बिरुवा रोपेर यस अभियानप्रति आफ्नो प्रतिबद्धता रहेको प्रष्ट पारेका थिए ।
वातावरण संरक्षण तथा वातावरणीय दिगोपन प्रवर्द्धन गर्न भारतीय डायस्पोराका सदस्यहरु र भारत–नेपाल मैत्री संघले बिरुवाहरु रोपी यस प्रयासमा सामेल भएका छन् ।
एक पेड माँ के नाम पहलसँगै नेपालस्थित भारतीय राजदूतावासले आफ्नो परिसरमा ७८ वटा बिरुवाहरु रोप्दै भारतको ७८ औं स्वतन्त्रता दिवस मनायो । दूतावासका अधिकारी, तिनका परिवार तथा बालबालिका सम्मिलित यस कार्यक्रमले वातावरणीय दिगोपन तथा विश्वव्यापी कल्याणप्रतिको हाम्रो जारी प्रतिबद्धतालाई झल्काउँछ ।
एक पेड माँ के नाम अभियानले काम गर्न निरन्तर उत्प्रेरित गर्नुका साथै हाम्रो वातावरणको संरक्षणका लागि सामूहिक जिम्मेवारीमा जोड दिएको छ ।
तपाईको प्रतिक्रिया