इमरान खान, कपिलवस्तु । जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा जसपा अध्यक्ष युवा नेता इरफान खानको अथक प्रयास र वरिष्ठ मे.सु. किशोर बन्जाडेको सहयोगमा १ करोड ६ लाख २८ हजार ९९४ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
वरिष्ठ मे.सु. डाक्टर किसोर बन्जाडेको सहयोग र जसपा जिल्ला अध्यक्ष एंव युवा नेता इरफान खानको नेतृत्वमा कपिलवस्तु अस्पतालमा यो महत्वपुर्ण स्वास्थ्य समाग्री भित्र्याउन सफल भएको हो । यस पहलले कपिलवस्तु जिल्ला अस्पतालको सेवामा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
जसपा अध्यक्ष इरफान खानको तत्कालीन स्वास्थ्य मन्त्री प्रदिप यादव र पुर्व मन्त्री इस्तियाक राई सँगको विशेष समन्वयमा १ करोड बढीको सिएएमार मेसिन कपिलवस्तु अस्पतालमा ल्याउन सफल भएको जानकारी दिए । यस मेसिनको आगमनले कपिलवस्तुबासीहरुमा हर्ष छाएको छ ।
इरफान खानले भने, “कपिलवस्तु जिल्ला अस्पतालको बिकासका लागी हामी निरन्तर प्रयासरत छौ । यसलाई आधुनिक र सुसज्जित बनाउन हामीले ठोस कदम चालेका थियौं, र हामी सफल भएका छौं । कपिलवस्तु तौलिहवाबासी यस सराहनीय कार्यबाट खुशी भएका छन् ।’
जुन काम १५ वर्ष सांसद, अहिलेका सांसद मन्त्री भए र अहिले पनि मन्त्रीमा बसी गर्न नसकेको काम एउटा युवाले गरेर देखाइ दिएका छन्, गर्न चाहे भने कुनै काम असम्भव हुदैन तर भ्रष्ट राजनितिमा जनताका लागी सबै काम गार्हो हुन्छ स्थानियको भनाई रहेछ ।
यस मेसिनको आगमनले अस्पतालमा हाड जोर्ने सम्बन्धी विशेष सेवाहरु प्रदान गर्न महत्वपुर्ण सहयोग पुर्याएउने विश्वास गरिएको छ ।
आधुनिक यन्त्र उपकरणहरुको व्यवस्था भएपछि जिल्ला अस्पताल तौलिहवाले अझ उत्कृष्ट सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
जसपा अध्यक्ष एवं युवा नेता इरफान खानले अस्पतालमा यो उपलब्धि हासिल गर्न सहयोग गर्ने सबै सरोकारवालाहरुलाई बिशेष धन्यवाद ज्ञापन गरका छन् ।
तपाईको प्रतिक्रिया