ट्याङ्कर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

समाचार

सप्तरी । कन्चनरूप नगरपालिका–१० बदगामास्थित सडकमा ट्याङ्कर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

को.१ ख ७४१४ नम्बरको ट्याङकर र प्र.१–०२–०४७ प १२८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सुनसरी हरीनगरा गाउँपालिका–३ बस्ने ४१ वर्षीय महेश कुमार मेहताको घटनास्थलमै र गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४२ वर्षीय जय प्रकाश मेहताको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याङकर चालकको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ