खोलामा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

समाचार

धनुषा । मिथिला बिहारी नगरपालिका–९ स्थित जलाद खोलामा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने नथुनी यादवकी छोरी ९ वर्षीया स्मृती कुमारी यादव र सोही ठाउँ मामाघरमा बस्दै आएकी लक्ष्मिनिया गाउँपालिका–३ कुम्रौरा घर भएका दिनेश यादवकी छोरी १० वर्षीया सन्ध्या कुमारी यादवको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ