गौरमा कृषि तथा पशु सेवा केन्द्रको शिलान्यास

समाचार

प्रेमचन्द्र झा, रौतहट । ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग गौरमा निर्माण हुन लागेको कृषि तथा पशु सेवा केन्द्रको एक कार्यक्रम बिच शुक्रबार शिलान्यास गरिएको छ ।

ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना काठमाडौंको आर्थिक सहयोग दुई करोड चालिस लाख तीस हजार रुपैयाँको लागतमा बन्न लागेको सो तीन तत्ले भवनको गौर नगर प्रमुख शम्भु साहले कृषि तथा पशु सेवा केन्द्र को एक कार्यक्रम बिच शुक्रबार शिलान्यास गरेका हुन् ।

सो कृषि प्रयोगशालाबाट माटो परिक्षण, पोखरीको पानीको परिक्षण, विउको परिक्षण ,बाली तथा फलफुलमा लाग्ने रोग किराको परिक्षण, मलखाद परिक्षण हुने छ ।

पशु प्रयोगशालाबाट गोबर परिक्षण ,पशुको रगत तथा पिसाब परिक्षण पशुको शल्यक्रिया, कृत्रिम गर्भाधारण, पशुको अल्ट्रासाउन्ड, एक्स–रे लगायतका काम हुने प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले बताए ।

सो भवन निर्माणका ठेक्का समझौता सिएम कन्ट्रकसन जोरपाटी काठमाडौं ले पाएका छन । सो भवनका लागि दुई करोड ३० लाख ४०हजार रुपैयाँको समझौता गरिएको हो ।

सो प्रयोगशाला भवनमा कोठा संख्या १० रहेकोमा २०८२ साल बैशाख मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने छ । उक्त भवनको भुई तत्लामा कृषि र पशुको अत्याधुनिक ल्याव, पहिलो तत्लामा ५० जना अटने सभाकक्ष र दोस्रो तत्लामा अतिथि गृह रहने प्रमुख प्रशासकीय अधिकृत ठाकुरले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ