जसपा नेपाल अध्यक्ष यादवद्वारा शुभकामना व्यक्त

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हिन्दू धर्मावलम्बीहरुको धार्मिक तथा सांस्कृतिक पर्व रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

जसपा नेपाल अध्यक्ष यादवले शुभकामना वक्तव्य जारी गर्दै स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।

‘आरोग्य, शान्ति र सुरक्षाको प्रतिकको रुपमा मनाइने यस पर्वले हामीबीच सामाजिक सद्भाव, एकता र भ्रातृत्व विकासको अभिवृद्धि हुने विश्वास लिएको छु’, उनले शुभकामना सन्देशमा भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ