भाइ–बहिनीको अमर प्रेमको प्रतीक राखी त्योहार : महासचिव मिश्र

समाचार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव मनिष मिश्रले रक्षा बन्धन अर्थात् राखी त्योहार भाइ–बहिनीको अमर प्रेमको प्रतीक रहेको बताएका छन् ।

जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा महासचिव मिश्रले शुभकामना सन्देश दिँदै तराई–मधेशमा मधेशी लगायतका समुदायले रक्षाबन्धन अर्थात् राखी त्योहारका रुपमा यो पर्व मनाउने गरेको बताएका हुन् ।

उनले भनेका छन्, ‘भाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्नु तथा दिदीबहिनीको रक्षा गर्नु हो ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ