काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले हिन्दू धर्मावलम्बीहरुको महान पर्व जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना व्यक्त गरेका छन् ।
संयोजक महतोले शुभकामना सन्देश जारी गर्दै रक्षा कवचको रुपमा लिइने तथा दिदीबहिनी र दाजुभाइको स्नेह, प्रेम र रक्षा गर्ने उद्देश्यका साथ मनाइने रक्षा बन्धन पर्वको अवसरमा विश्वभरि छरिएर रहेका सबै हिन्दू धर्मावलम्बी लगायत समस्त मानव जगतको सुख, शान्ति र समृद्धिको निम्ति शुभकामना व्यक्त गरेका छन् ।
साथै क्वाटी खाने दिन, तामाङ समुदायले मनाउने गोडे ङ्या (ग्यान दिवस) र पितृहरुको मुक्तिको निम्ति सन्तानहरुद्वारा दिइने ऋषि तर्पर्णको अवसरमा सबै पितृहरुको आत्माको बैकुण्ठवासको कामना समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया