‘आन्दोलनकारी र मधेश सरकारबीचको सम्झौता स्वागतयोग्य, तर...’

समाचार

काठमाडौं । सिरहा र धनुषा जोड्ने नयाँ कमला पुल निर्माणको लागि दबाब स्वरुप आमरण अनसन बसेका आन्दोलनकारी र मधेश प्रदेश सरकारबीच भएको सम्झौतालाई राष्ट्रिय मुक्ति क्रान्तिका नेता अनिल महासेठले स्वागतयोग्य भनेका छन् ।

सो सम्झौताको स्वागत गर्नुका साथै नेता महासेठले आशंका र प्रश्न पनि गरेका छन् ।

महासेठले सामाजिक सञ्जालमा भनेका छन्, ‘के मधेश प्रदेश सरकारको तर्फबाट हस्ताक्षर मुख्यमन्त्रीले गर्नु पर्ने थियो कि मुख्यसचिवले वा अन्य कुनै सिनियर कर्मचारीले ? अलि बुझ्न सकिएन ? अनुमान गरौ केही दिन वा महिनामा यदि मुख्यमन्त्री परिवर्तन भयो भने ? आज को सम्झौता को जिम्मा कसले लिन्छ ?’

यदि मुख्यमन्त्री परिवर्तन भए सम्झौता अवस्था के हुने प्रश्न गर्दै महासेठले राजनीतिक कुरा भएको भए राजनीतिक नेतृत्व र बिकाशको कुरामा सरकारको कर्मचारीले सम्झौतामा हस्ताक्षर गर्नु उनको आशय थियो ।

‘जिम्मेवार साथीहरुले अन्यथा नलिनु होला ! लोक रिझाइको लागि हो भने, मेरो भन्नू केही छैन ! म वा मेरो पार्टी को मुख्यमन्त्री अब छैन के गर्ने होला भनेर फेसबूक पेजमा लेख्न त सजिलो छ नि हजुर !’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ