जनमत पार्टीको राष्ट्रिय सचिवमा बालगोविन्द चौधरी मनोनीत

समाचार

काठमाडौं । जनमत पार्टीको राष्ट्रिय सचिवमा नवलपरासीका बालगोविन्द चौधरी मनोनीत भएका छन् ।

पार्टी केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले एक विज्ञप्ति प्रकाशित गरी नवलपरासीका चौधरीलाई राष्ट्रिय सचिव तथा मोरङका रामकुमार चौधरीलाई जिल्ला इञ्चार्जमा मनोनीत गरेको जानकारी दिए ।

केन्द्रीय सचिवालय समिति बैठकको निर्णयअनुसार उनीहरूलाई मनोनीत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बालगोविन्द चौधरी गएको राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट जनमत पार्टीको उम्मेदवारसमेत भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ