साइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार

सर्लाही । बरहथवा नगरपालिका–३ हजरियास्थित सडकमा साइकलको ठक्करबार पैदलयात्री सोही ठाउँ बस्ने ७१ वर्षीय राम चन्द्र महतोको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल बरहथवा हुँदै एलएस न्यूरो अस्पताल प्रसौनी बारामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले साइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ