कैलाली । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकार २०८४ सालसम्म नै टिक्ने दाबी गरेकी छन् ।
धनगढीस्थित आफ्नै निवासमा नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले देशलाई विकास र समृद्धिको मार्गमा डो¥याउन वर्तमान सरकार गठन भएको बताएकी हुन् ।
उनले बेथिति एवं सङ्कटको समाधान गरी देशलाई विकास र समृद्धिको मार्गमा डो¥याउन दुई ठूला प्रतिस्पर्धी पार्टी मिलेर सरकार गठन गर्नुपरेको स्पष्ट पारेकी छन् ।
स्थायी सरकारमार्फत विकासको लक्ष्यमा पुग्ने सङ्कल्प लिएर वर्तमान सरकार गठन भएको उनले स्पष्ट पारिन् ।
मन्त्री राणाले भनिन्, “दुई ठूला पार्टी मिलेर सरकार गठन गरेको भनेर कतिपयले अनौठो मानेका छन्, जब देशमा सङ्कट र बेथिति आउँछ, त्यतिबेला कांग्रेस र एमाले मिलेर सरकार गठन गरेर समस्या समाधान गरेको इतिहास छ ।”
संविधान शान्तिको दस्ताबेजका रुपमा लिइएकाले संविधानमा विविधता, समावेशिताजस्ता कुरामा परिवर्तन नहुने उनले बताइन् ।
तपाईको प्रतिक्रिया