नेपालगन्ज । जिल्लाको कोहलपुर सडकखण्डमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषालको मृत्यु भएको हो ।
मृतक ओली बसका यात्रु र भुषाल बसका सहचालक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २७ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस दुर्घटनामा परेको हो ।
तपाईको प्रतिक्रिया